|

काठमाडाैं : त्रिदेशीय टी-ट्वेन्टी क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत टिमको घोषणा गरेको हो। घरेलु भूमिमा नेदरल्याण्ड्स र मलेसियासँग हुने ट्राइसिरिजका लागि नेपालले १५ सदस्यीय टिम घोषणा गरेको हो ।

क्यानले १८ जना खेलाडी समेटी शुरु गरेको बन्द प्रशिक्षणबाट अन्तिम १५ खेलाडी छनोट गरेको हो । यसअघि प्रशिक्षणमा बोलाईएका सन्दीप जोरा, लोकेश बम, बिक्रम सोव, पवन सर्राफ र ललित नारायण राजवंशी राष्ट्रिय टिममा परेका छैनन् । यद्यपी साहब आलम र आशिफ शेख भने पहिलो पटक राष्ट्रिय टिममा पर्न सफल भएका छन् ।

यस्तै कुशल भुर्तेल पनि पहिलो पटक टी–ट्वेन्टी क्रिकेटका लागि राष्ट्रिय टिममा परेका छन् । यहि बैशाख ४ गतेबाट त्रिवि क्रिकेट मैदान किर्तिपुरमा आयोजना हुने प्रतियोगिता डबल राउण्ड रोविनका आधारमा खेलाईने छ । 

प्रतियोगिताको उद्घाटन खेलमा शनिबार नेपाल र नेदरल्याण्ड्सबीच खेल हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.