पानीको खाली बोतल १० रुपैयाँ किलोसम्म

|

दाङ :  घोराही उपमहानगरपालिकाले फोहोरलाई मोहरमा बदल्न सुरु गरेको छ।

नयाँ वर्षको २०७८ को शुभारम्भसँगै उपमहानगरले नगल्ने फोहोरलाई मोहरमा बदल्ने अभियानको थालनी  गरेको हो। योसँगै उपमहानगरले गल्नेबाट ग्यास र नगल्ने फोहोरलाई खरिद गरेर पुनः प्रयोगमा ल्याउने कार्यक्रमको सुरुवात गरेको हो।

यसले उपमहानगरलाई पूर्ण सरसफाइयुक्त नगर बनाउने अभियान थालनी गरेको उपमहानगरले जनाएको छ। त्यस्तै गल्ने फोहोरबाट ग्यास उत्पादनको तयारी अन्तिम चरणमा पुगेको समेत उपमहानगरले जनाएको छ।

उपमहानगरले प्लाष्टिकजन्य, गत्ता, कपडालगायत फोहोर खरिद गर्न थालेको हो। उपमहानगरको सरसफाइ व्यवस्थापन शाखाले बुधबार घोराहीको नयाँ बसपार्कमा आयोजना गरेको कार्यक्रममा मेयर नरुलाल चौधरीले नगल्ने फोहोर खरिद गर्ने अभियान सुरुवात गरेका हुन्। 

उपमहानगरले पानीका बोतल प्रतिकिलो १० रुपैयाँ, सुर्तीजन्य बस्तुका खोल २ रुपैयाँ, कपडाका टुक्रा ५ रुपैयाँ र गत्ता तथा कार्टुनलाई १० देखि २० रुपैयाँसम्म प्रतिकिलो खरिद गर्ने निर्णय भएको जनाएको छ।

गल्ने र नगल्ने फोहोरलाई पैसामा बदल्ने र पूर्ण सरसफाइयुक्त नगर बनाउने योजना रहेको मेयर चौधरीले बताए। नागरिकबाट फोहोर लिने र नगरले पैसा दिने अभियानलाई अघि बढाइएको उनले बताए।

साथै यो आभियानका लागि उपमहानगरले ३ जना सफाइ स्वयंसेवकसमेत परिचालन गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.