|

कतारस्थित निर्माणाधीन २०२२ को विश्वकप फुटबलका लागि लुसाइल स्टेडियम निर्माणाधीन अन्य स्टेडियममध्ये यो सबैभन्दा ठूलो हुनेछ। जसमा ८० हजार दर्शक अट्नेछन्। अहिले धमाधम निर्माण भइरहेको छ। दोहा सहरबाट करिब २० किलोमिटर टाढा यो स्टेडियम रहेको छ।

आयोजकका अनुसार सन् २०२१ को अन्त्यसम्म यसको निर्माण सम्पन्न हुनेछ। छाना लगाउने र लिफ्टको काम सम्पन्न भइसकेको छ। आठ वटा खेल मैदानमा विश्वकप प्रतियोगिता हुनेछन्। 

आयोजक समितिले स्टेडियममा स्कुल, आवास, पसल, खाद्यान्न आउटलेटहरू र स्वास्थ्य क्लिनिकहरू विश्वकप समाप्त भएपछि सञ्चालन गर्नेछ। स्थानीयका लागि खेल मैदान भित्र निर्माण गरिने पनि आयोजकले जनाएको छ।

आगामी वर्ष जाडो मौसममा विश्वकप हुनेछ। अत्यधिक गर्मीका कारण खेललाई प्रभावित पार्ने भएकोले नोभेम्बरदेखि डिसेम्बरसम्म खेलहरू हुनेछन्।

२०१० मा कतारले स्टेडियम निर्माण गर्ने आप्रवासी कामदारमाथि विभेद भएको भन्दै विरोध भएको थियो। मजदुरले पाउने सबै सुविधा सरकारले उपलब्ध गराएको जनाएको छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.