|

काठमाडौं : प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ।

गएराति सम्पन्न खेलमा क्वाटरफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटीले जर्मनी क्लब बोरुसिया डोर्टमण्डलाई २-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४-२ को नतिजासहित सिटी सेमिफाइनलमा पुगेको हो ।

सिटीको जितमा रियाद महरेज र फिल फोडेनले एक एक गोल गरेका थिए भने डोर्टमण्डका लागि जुडे बेलिंग्हमले एक गोल गरेका थिए । यससँगै डोर्टमण्डको च्याम्पियन्स लिगको यात्रा टुंगिएको छ। त्यस्तै म्यानचेस्टर सिटी यस सिजनमा सेमिफाइनलमा पुग्ने चेल्सीसहित दोस्रो क्लब बनेको छ।

अब सेमिफाइनलमा म्यानचेस्टर सिटीले फ्रेन्च क्लब पिएसजीको सामना गर्ने छ। सेमिफाइनलको पहिलो लिग अप्रिल २७ र दोस्रो लिग मे ४ मा हुने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.