|

बैतडी : जिल्ला अस्पताल बैतडीमा १० महिनादेखि बन्द रहेको थाइराइड  सेवा पुनः सञ्चालनमा आएको छ।  गत जेठमा थाइराइड चेक गर्ने मेसिन बिग्रिएपछि  उक्त सेवा अवरुद्ध बनेको थियो।

बिग्रिएको थाइराइड चेक गर्ने मेसिन मर्मत पश्चात्  थाइराइडको चेकजाँच सेवा पुनः शुरु भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए। लामो समयदेखि मेसिनमा समस्या आएको थियो। उनले भने ‘मेसिन मर्मतपछि सेवा पुनः सञ्चालनमा आएको छ, जिल्लामै थाइराइडको चेकजाँच भएपछि बिरामीहरुलाई समेत सजिलो पनि भएको छ।’

जिल्ला अस्पताल बैतडीमा वि स २०७६ असोज महिनाबाट थाइराइडको जाँच सेवा शुरु भएको थियो। सञ्चालन भएको छोटो समयमै मेसिन बिग्रिए पछि बन्द भएको सेवा सञ्चालन आएको हो। 

ग्रन्थिसम्बन्धी समस्याको लागि थाइराइड आवश्यक पर्दछ। थाइराइड भएमा महिलाहरुको महिनावारी नियमित नहुने, बच्चा गर्भमा बस्न नसक्ने, गर्भ बसेपनि तुहिनु, मोटोपन लगायतका लक्षण देखा पर्छन् भने पुरुषमा पनि मोटोपन हुने, निद्रा नलाग्ने, आलस्य बढ्ने लगायतका लक्षणहरु देखा पर्दछन्। थाइराइडको समस्याका लक्षणहरु भएकोले यस्ता लक्षण देखिएमा जिल्ला अस्पताल बैतडीमा आएर चेकजाँच गर्न समेत अस्पतालले आग्रह गरेको छ।

थाइराइडको समस्या भएकाहरुले औषधि सेवन गरे मात्रै निको हुने भएकाले यो सेवालाई नागरिकलाई सहज हुने डा. जोशीको भनाइ छ। यसअघि थाइराइड सेवाकै लागि बिरामीहरुले जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको थियो। अब उक्त बाध्यताको पनि अन्त्य भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.