|

काठमाडौं : बिस्का जात्रा अन्तरगत भक्तपुरको बोडेमा आज ‘मे प्वा खनिउ जात्रा’ अर्थात जिब्रो छेड्ने जात्रा हुँदैछ।

यो वर्ष पनि बुद्धकृष्ण बाग श्रेष्ठले आठौं पटक जिब्रो छेड्दै छन्। त्यसका लागि उहाँ चैतको अन्तिम सातादेखि निराहारमा रहेका छन्। उनले पानी मात्र खाएर बसेका छन्र निरआहार बस्दा जिब्रोमा स्वाद नबस्ने र जिब्रो नरम हुने भएकाले उपवास बसेको उनको भनाइ छ। 

यो वर्षका लागि पनि बोडेको लाकुछेंका नकर्मीहरुले जात्रामा जिब्रो छेड्नकालागि ११ इन्चको नटुचा तयार पारेर राखेका छन् ।

पेशाले एम्बुलेन्स चालक रहेका  बुद्धकृष्णले अघिल्लो वर्ष कोरोनाको कारणले एम्बुलेन्स चलाउनु परेकाले जिब्रो छेड्न पाएका थिएनन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.