|

भारतका नौ सेना प्रमुख एडमिरल करमवीर सिंहले चिनियाँ नौ सेना एक दशकदेखि हिन्द महासागरमा घुमिरहेको दाबी गरेका छन्। 

एक दशकदेखि नै चिनियाँ नौ सेनाले हिन्द महासागर क्षेत्रमा नियमित उपस्थिति जनाएको भारतीय नौ सेना प्रमुखले बताएका हुन्। 

आफूहरूले एक दशक अघिदेखि हिन्द महासागरको जल क्षेत्रमा चिनियाँ नौ सेनाको लगातार उपस्थिति देखिरहेको एडमिरल सिंहले उल्लेख गरेका छन्।

ऊर्जा, बजार र साधनस्रोतका लागि चीनले पश्चिमतर्फ हेरेको भन्दै उनले हिन्द महासागरमा अब छिट्टै सबैले देख्नेगरी चिनियाँ नौ सेनाको उपस्थिति भए सो अनौठो नहुने पनि विश्लेषण गरेका छन्। व्यापार हुने क्षेत्रमा नौ सेनाको उपस्थिति स्वाभाविक हुने उनको तर्क छ। 

चिनियाँ नौ सेनाको विकास रफ्तार देखेर आफू अचम्मित नभएको उल्लेख गर्दै सिंहले जल क्षेत्रमा अमेरिका हाराहारीमै शक्ति आर्जन गर्न चीन लागिपरेको पनि बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.