|

काठमाडौं : मकवानपुरमा २३ किलोग्राम लागुऔषध गाँजासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरी सहायक निरीक्षक सुबोध ठाकुर मैथिलको कमाण्डको टोलीले अटोमा लुकाई राखेको उक्त गाँजा बरामद गरेको हो।

हेटौडा उपमहानगरपालिका–११ स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा ना १ ह ९०९९ नम्बरको अटो चेकजाँच गर्दा दुई वटा पोकामा उक्त लागुऔषध गाँज फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले अटो चालक सोही ठाउँका ११ का ४० वर्षीय चतुरमान मोक्तान, अटोमा सवार मकवानपुर राक्सिराङ–१ का ४७ वर्षीय निर्मला तामाङ र ४७ की मायाँ तामाङलाई उक्त लागुऔषध गाँजा र अटो सहित नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूलाई जिल्ला अदालत मकवानपुरबाट लागुऔषध मुद्वामा म्याद लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

यस्तै पर्सा प्रहरीले दुई किलोग्राम लागुऔषध गाँजासहित १४ वर्षीय एक बालकलाई पक्राउ गरेको छ। बीरगञ्ज महानगरपालिका–१६ शंकराचार्यबाट प्रहरीले बिहीबार शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा ति बालकलाई पक्राउ गरेको हो। बालकले शरीरमा प्लाष्टिकको पेटी वेरी ल्याएको उक्त गाँजा बरामद गरेको प्रहरीले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.