|

काठमाडौं : नक्कली सुन देखाएर सक्कली सुन र पैसा ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले धादिङ रुबीभ्याली गाउँपालिका–१ तिपलिङ्ग घर भई काठमाडौं टोखा–३ मा बस्ने २२ वर्षीय पन्तलाल तामाङ भन्ने रवीन्द्र थापा तामाङलाई पक्राउ गरेको हो। 

तामाङले बिभिन्न ब्यक्तिहरूलाई फलाममा सुनको जलप लगाएको पाता दिई सक्कली सुनको सिक्री र पैसा लिई ठगी गरेको ‍खुलेको महानगरीय अपराध महाशाखाले जनाएको छ। उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.