|

बाग्लुङ : बाग्लुङ नगरपालिका–२ लोकतान्त्रिक चोकमा रहेको श्रेष्ठ हार्डवेयर पसलमा आगलागी भएको छ। शुक्रबार बिहान भएको आगलागीबाट पसलमा रहेका सबै सामग्री जलेको छ।

आगलागी हुनको कारणबारे अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए। बजारको मध्यभागमा रहेको पसलमा लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना र बाग्लुङ नगरपालिकाको दमकलको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको छ। क्षतिको विवरण आइसकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.