|

काठमाडौं : काठमाडौं महानगरपालिकाले कोभिड-१९ संक्रमण देखिएका महानगरभित्रका विद्यालय एक साता बन्द गर्ने निर्णय गरेको छ। विद्यालयमा संक्रमण जोखिम कम गर्न यस्तो निर्णय गरेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए। 

डंगोलले ती विद्यालयमा बैकल्पिक माध्यमबाट पढाइ गर्ने पनि निर्णय गरेको बताए। उनले भने, ‘महानगरपालिकाभित्रको जुन विद्यालयमा संक्रमण देखा परेको छ, ती स्कुल एक साता बन्द गर्ने निर्णय गरेका छौँ।’

पछिल्लो समय नेपालमा कोरोना संक्रमणदर बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई बढी जोखिम हुने भएकाले विद्यालय बन्द गर्न आग्रह गरिरहेका छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.