|

काठमाडौं : माओवादी केन्द्रले आफ्नो पार्टीबाट निर्वाचित चार प्रतिनिधिसभा सदस्यको पद रिक्त भएको औपचारिक पत्र निर्वाचन आयोगलाई पठाएको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार माओवादी केन्द्रको उक्त पत्र गत चैत २७ मै निर्वाचन आयोगमा पुगिसकेको हो।

सर्वोच्च अदालतले माओवादी केन्द्र एमालेलाई  पूर्ववत अवस्थामा फर्काइदिए पनि एमालेमा लागेका टोपबहादुर रायमाझी,  लेखराज भट्ट, प्रभु शाह र गौरीशंकर चौधरीलाई माओवादीले कारबाही गरेको थियो। उनीहरूलाई माओवादीले सांसदबाट हटाइसकेको छ।

रायमाझी अर्घाखाँचीबाट, चौधरी कैलाली–३ बाट, भट्ट कैलाली–४ बाट र शाह रौतहट ३ बाट निर्वाचित भएका थिए। अब यी स्थानहरूमा उपनिर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ।

उपनिर्वाचन कहिले हुने भन्ने बारेमा सरकारले कुनै निर्णय भने गरेको छैन। नेपालको संविधानअनुसार प्रतिनिधिसभाको कार्यकाल ६ महिना बढी बाँकी रहँदै पद रिक्त हुन पुगेमा ती स्थानमा उपनिर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.