|

काठमाडौं : प्रदेश नम्बर २ को नामकरणको निर्णयसम्बन्धी प्रस्तावका लागि सूचना जारी गरिएको छ। प्रदेशसभा सचिवालयले नेपालको संविधानको धारा २ सय ९५ को उपधारा २ बमोजिम प्रदेशको नामकरणको निर्णयसम्बन्धी सूचना जारी गरेको हो।

प्रदेश सचिव रञ्‍जितकुमार यादवद्वारा जारी सूचनामा प्रदेश सभा कार्य सञ्‍चालन नियमावली, २०७५ को नियम ७३ ख को उपनियम २ बमोजिम प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव दर्ता गर्न चाहने प्रदेशसभा सदस्यले नियमावलीको अनुसूची ३ ख बमोजिम यही वैशाख ९ गते दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा दर्ता गराउन सूचना प्रकाशन गरिएको जनाइएको छ।

यसअघि २०७६ चैत ४ गते प्रदेशसभामा नामसम्बन्धी चारवटा प्रस्ताव र स्थायी राजधानीसम्बन्धी ३ वटा प्रस्तावमाथि मतदान भएको थियो। तर, नाम र राजधानी तोक्नका लागि प्रदेशसभाको दुई तिहाइ बहुमत नपुगेपछि अस्वीकृत भएको थियो।

२०७४ माघ ३ गते तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ७ वटै प्रदेशको अस्थायी राजधानी र नामकरण गरेको थियो। ३ वर्षसम्म पनि प्रदेश नम्बर १ र प्रदेश नम्बर २ ले नाम र राजधानीको टुंगो लगाउन सकेका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.