|

काठमाडौं : सरकारले तत्काल स्कुल बन्द नगरी स्थानीय तहको समन्वयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाएर पठनपाठन सञ्चालन गर्न सम्बन्धित शिक्षण संस्थालाई निर्देशन दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी थप निर्णय नहुन्जेलसम्मका लागि यस्तो निर्देशन दिएको हो।

मन्त्रालय तथा स्थानीय तहबाट तय गरिएका स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन सुचारु गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।

‘भीडभाड नहुनेगरी पछिल्लो समयको संक्रमण अवस्था समेतलाई बिचार गरी स्थानीय तहसँग समवन्य एवं परामर्श गरी आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई सम्बन्धित संस्थाले सिकाई क्रियाकलाप सञ्चालन गर्ने  व्यवस्था मिलाउनु।’ विज्ञप्तिमा भनिएको छ।

त्यस्तै,मन्त्रालयले विज्ञप्तिमार्फत स्वास्थ्य मन्त्रालयले संक्रमण उच्च जोखिम तोकिएको जिल्लाको हकमा डिसिसिएमसीको समन्वयमा सम्बन्धित स्थानीय निकायको निर्णय बमोजिम स्कुल बन्द वा सञ्चालन गर्न सकिने जनाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.