|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। शनिबार (भोली) विहान ११ बजेका लागि सर्वदलीय बैठक आह्वान गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 

उनका अनुसार बैठकमा समसामयिक राजनीति, संसद अधिवेशन, कोरोना भाइरसको महामारीलगायतका विषयमा छलफल गर्ने तयारी छ ।  त्यहि क्रममा प्रधानमन्त्री ओलीले शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका थिए।

शुक्रबारै दिउँसो ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा आयोजित एक कार्यक्रममा प्रचण्डले आफूलाई धेरैपछि प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेको बताएका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.