|

काठमाडौं : भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १ सय २७ जनामा कोरोना पुष्टि भएको छ। अस्पतालका अनुसार १ सय ८३ जनाको परीक्षण गर्दा १ सय २७ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार यति धेरै संख्यामा संक्रमित पहिचान भएको विगत १ वर्षमा यो पहिलो पटक हो। समुदायमा संक्रमण फैलिइसकेको पनि अस्पतालले जनाएको छ।

अस्पतालले आफ्नाे फेसबुकमा पेजमा उल्लेख गरेको छ,' भेरी अस्पताल आफ्नो श्रोत साधनले भ्याएसम्म बिरामीको उपचारमा प्रतिबद्ध भएर लागेको छ। तर यहि क्रममा संक्रमण फैलिने हो र गहन खालका बिरामीहरूको संख्या बढ्ने हो भने बिरामीको चाप थेग्न मुश्किल हुने निश्चित छ। अत: संक्रमणलाई थप फैलिन नदिन नेपाल सरकारले अनुरोध गरे बमोजिमका सुरक्षाका मापदण्डहरूको पूर्ण पालना गरौं।'

 

कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दैछ । गत २४ घन्टामा १८३ वटा नमुना परिक्षण गरिएकोमा १२७ जनामा संक्रमण भेटिएको छ,...

Posted by Bheri Hospital on Thursday, April 15, 2021

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.