|

काठमाडाैं : नेपाल–भारतबीच देखिएका सबै समस्या समाधान हल गर्न कुनै पनि गाह्रो नभएको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन्। दुई देशबीचका समस्यालाई छलफल र संवादबाट आपसी समझदारीमा हल गर्नुपर्ने उनले बताए। 

शुक्रबार नेपाल–भारत मैत्री संघका नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पद हस्तान्तरण कार्यक्रममा मन्त्री ज्ञवालीले इतिहासले बाँकी राखिदिएका त्यस्ता समस्या समाधान गर्न र सीमालागयत कतिपय सन्धि सम्झौतामा नमिलेका विषयलाई दुवै देशले एकआपसमा विश्वासका साथ छलफल गरेर जानसके समाधान हुने विश्वास व्यक्त गरे। 

‘पोलिटिकल्ली एउटा अण्डरस्ट्याण्डिङ्ग भयो भने र दुवै देशले एक आपसमा विश्वासका साथ अगाडि बढेर जान सक्यौं भने मलाई लाग्छ इतिहासले अधुरो छोडेका यी समस्या समाधान गर्न कुनै गाह्रो छैन।’ 

नेपालले भारतसँग भएका कुनै पनि समस्याहरु समाधान गर्न सकिँदैन भन्ने नठानेको पनि उनल‍े स्पष्ट पारे। नेपाल–भारत एक आपसमा प्रतिस्पर्धी मुलुक नभई मित्र भएकाले कुनै पनि समस्या समाधान गर्न समस्या नहुने उनको भनाइ थियो।

‘भारतसँग कुनै पनि समस्या छन्, तिनलाई छलफलद्वारा विश्वासका आधारमा समाधान गर्न नसकिने कुनै पनि विषय छन भन्ने हामी ठान्दैनौं। किनभने नेपाल र भारत प्रतिस्पर्धी होइनन्। नेपाल र भारत मित्रहरु हुन्। प्रतिस्पर्धीबीच समस्या समाधान गर्न गाह्रो हुन्छ। मित्रहरुबीच समस्या छन् भने समाधान गर्न कुनै पनि गाह्रो हुँदैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.