|

काठमाडौं : सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुडाल र नहकुल सुवेदीको नाम संसदको संसदीय सुनुवाइ समितिले सर्वसम्मतिले अनुमोदन गरेको छ।

समितिको सचिवालय सिंहदरबारमा शुक्रबार भएको सुनवाइपछि दुबैजनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो। समितिका सभापति लक्ष्मणलाल कर्णले दुबै जनाको नामा सर्वसम्मतिले अनुमोदन गरेको जानकारी दिए।

न्यायपरिषद्बाट प्रस्तावित दुबै न्यायाधीशले सांसदहरुका प्रश्नको जवाफ दिएपछि दुबै जना सर्वसम्मतिले सर्वोच्च अदालतको न्यायाधीशका लागि अनुमोदन भएका हुन्। सुनुवाइका क्रममा सांसदहरुले सर्वोच्च अदालतको न्यायाधीश भएपछिका कार्ययोजनाहरु सुनेका थिए भने विभिन्न प्रश्नहरु गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.