|

विराटनगर :  छैटाैं संस्करणको विराट गोल्डकप फुटबलको फाइनल खेल शनिबार हुँदै छ।

सहिद रंगशालामा हुने फाइनल खेलमा विभागीय विभागीय टिम एपिएफ र भारतको पन्जाब पुलिस भिड्ने भएका छन। खेल साँझ साढे ६ बजेदेखि सुरु हुनेछ।

पाहुना टोली पन्जाब पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने एपिएफ यो सिजनको तेस्रो पटक गोल्डकप हात पार्ने दाउमा छ। एपिएफले विभागीय टिम नेपाल प्रहरी  र घरेलु टिम विराटनगरलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो।

एपिएफले क्वाटरफाइलमा प्रहरीलाई २–० ले र सेमिफाइनलमा विराटनगरलाई ३–२ हराउँदै फाइनलमा स्थान पक्का गरेको हुन्।

यस्तै विराट गोल्डकपको पहिलो पटक भाग लिएको पन्जाबले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्रलाई २–०, गोरखा ब्वाइज क्लब रुपन्देही ४–२ र आहा रारा गोल्डकपको च्याम्पियन तथा विराट गोल्डकपको पूर्वविजेता टिम संकटा क्बललाई १–० हराउँदै पन्जाब फाइनलमा स्थान पक्का गरेको हो।

एपिएफ २०७० मा विराट गोल्डकपको फाइनलमा पुगेको थियो र संकटासँग १–० गोलले पराजित भएको थियो।

सहिद मैदानमा शुक्रबार प्रि–म्याच कन्फ्रेन्समा विराट गोल्डकप फाइनलअघि दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्ने दाबी गरेका छन्। एपिएफका प्रशिक्षक सुदीप श्रेष्ठले विराट गोल्डकपमा योसँगै दोस्रो पटक फाइनल पुगेको जानकारी दिए। ​श्रेष्ठलले भने,’ दुई लक्ष्य लिएर आएका थियौं। फाइनल पुग्ने र उपाधि उचाल्ने। एउटा पूरा भयो अर्को भोलि हुनेछ,’

फाइनलमा ४–१, ४–१ को रणनीतिमा मैदानमा उत्रिने श्रेष्ठले बताए। एपिएफका कप्तान सुदीप सिख्राकारले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे। ‘पन्जाब राम्रो टिम हो। पन्जाबमा अग्लो कद भएका खेलाडी छन्। त्यही भएर हामी टेक्निकल खेल खेल्छाैं,’ उनले भने। 

 

नेपालमा पहिलो गोल्डकप खेल्न आएको पन्जाब विराट गोल्डकपको फाइनलमा पुगेको हो। यस अघि पन्जाब भारतको लिंग बिजेता टिम पनि हो। फाइनल भन्दा अगाडी जसरी हाम्रो खेलाडी खेल खेलेका थिए, त्यही अनुरुप फाइनल खेल्ने पन्जाबका प्रशिक्षक हरनेक सिंहले बताए।  

उनले नेपालकै प्रतिष्ठित उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने बताए। ‘हामीलाई थाहा छ यो धेरै प्रतिष्ठित प्रतियोगिता हो। त्यसैले हामी यसलाई उठाउन सबैभन्दा राम्रो खेल्ने छौँ,’ उनले भने, ‘आहा रारा गोल्डकपको च्यम्पियन टिमलाई जितेको हुनाले फाइनलमा उपाधि जित्नेमा हामी ढुक्क छौं।’

उनका अनुसार पन्जाबले ४–४–२ को रणनीतिमा खेल्ने बताए। ‘सेमिफाइनलमा कप्तान जगदीप सिंहले पाएको रातो कार्डमा पुनःबिचार गर्न आयोजकलाई आग्रह गरेको छौं,’ उनले भने, ‘हाम्रो खेलाडीले कुनै गल्ती गरेको छैन। भिडियो फुटेज हेरेर आयोजकले रातो कार्ड लिएको विषयमा पुनः बिचार गरिदिनुपर्दछ।’ पन्जाबका कप्तान जगदीपले आफुहरुले उत्कृष्ट खेल प्रर्दशन  गरेकोले नेपालको दर्शकको साथ र समर्थनले गोल्डकपको फाइनलको उपाधि जित्ने दाबी गरे। 

 ‘हाम्रो खेलले नेपाली दर्शकको मन जित्नेमा आशाबादी छौं,’ उनले भने। बिहीबारको अन्तिम सेमिफाइनल खेल सकिएपछि खेलाडीले झगडा गरेपछि पन्जाबका कप्तान जगदीप र संकटाका साहिद स्मार्टलाई रेफ्री श्याम दनुवारले रेड काड दिएका थिए।

रेड कार्ड पाएसँगै पन्जाबका कप्तान जगदीप फाइनल खेल्नबाट बंन्चित हुने भएका छन्। प्रशिक्षक हरनेशका अनुसार जगदीपको ठाउँमा फाइनलमा हरजीन्द्र सिंहको कप्तानमा पन्जाब पुलिस मैदान उत्रिने छन्।

चैत २६ देखि सुरु भएको रात्रीकालिन गोल्डकपको बिजेताले १५ लाख १५ हजार र उपबिजेता टिमले ७ लाख ५१ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोउत्कृष्ट हुने खेलाडीलाई मोटरसाइकलसहित पदक प्रदान गरिनेछ। प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले अवार्ड सबैलाई जनही २५÷२५ हजार रुपैयाँ पुरस्कार रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.