आइसियुमा उपचारत संक्रमित पनि बढे

|

काठमाडौं :  एक सातायता सबैभन्दा बढी कोरोना परीक्षण शुक्रबार भयो।

जसमा ६ हजार १ सय ५८ परीक्षण गर्दा ९ सय जनामा कोरोना संक्रमण पुष्टि भयो। यसले देशभर कोरोना संक्रमित तीव्र रुपमा बढ्दै गएको देखिन्छ। गत २४ घण्टामा भेरी अस्पतालमा १ सय ८३ जनामा परीक्षण गरिएकोमा १ सय २७ जनामा कोरोना पुष्टि भएको छ।

संक्रमित बढेसँगै गम्भीर अवस्थाका बिरामी पनि बढ्न थालेका छन्। बिहीबार भने ९१ जना उपचाररत हुँदा आज बढेर आइसियुमा १ सय जना उपचाररत छन्। भेन्टिलेटरमा ३८ र बिहीबार ३५ जना उपचाररत थिए।

एक सातामै देशभर करिब चार हजार कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको शुक्रबारसम्मको तथ्यांकअनुसार ३ हजार ७ सय ५३ संक्रमित थपिएका हुन्।

पछिल्लो समययता देशभरका विभिन्न जिल्लामा संक्रमित थपिने क्रम जारी छ। शुक्रबार ९ सय, बिहीबार  ५ सय ३४, बुधबार ६ सय ३, मंगलबार ५ सय १७, सोमबार ५ सय ५९, आइतबार ३ सय ३ र शनिबार ३ सय ३७ जनामा कोरोना पुष्टि भएको थियो।

एक सातामा ३२ हजार ३५ जनाको पिसिआर परीक्षण गर्दा ३७ सय ५३ मा कोरोना पुष्टि भएको हो। बिहीबार ४ हजार १ सय ५२, बुधबार ४ हजार ७ सय ४०, मंगलबार ५ हजार २ सय ३, सोमबार ५ हजार १ सय ५, आइतबार ३ हजार १ सय २५ र शनिबार ३ हजार ५ सय ५२ को पिसिआर परीक्षण गरिएको थियो।

आज मात्रै देशभरका आइसियुमा १ सय जना उपचाररत छन्। बिहीबार भने ९१ जना उपचाररत थिए। त्यसैगरी, भेन्टिलेटरमा ३८ र ३५ जना उपचाररत थिए।

प्रदेश १ आइसियुमा २, भेन्टिलेटर १ उपचाररत, आइसियु १ सय १० र भेन्टिलेटरको संख्या ४० छन्। प्रदेश  २ मा २ जना आइसियुमा उपचाररत, आइसियु बेड ४८ र भेन्टिलेटर २१। बागमतीमा ४६ जना आइसियुमा,भेन्टिलेटर २१, आइसियु बेड संख्या ५ सय ५६ र भेन्टिलेटर २ सय ५५।

गण्डकी प्रदेशमा ८ जना आइसियुमा,भेन्टिलेटरमा १, आइसियुमा २ सय ३९ र भेन्टिलेटर ६८। लुम्बिनीमा ३६ जना आइसियुमा, भेन्टिलेटरमा १२, आइसियु बेड संख्या ८५ र भेन्टिलेटर ४० छन्। कर्णालीमा आइसियुमा ४, आइसियु बेड संख्या ३९ र भेन्टिलेटर २५ वटा छन्। सुदुरपश्चिम प्रदेशमा  २ जना आइसियु,भेन्टिलेटरमा ३ जना उपचाररत, आइसियु बेड संख्या २९ र भेन्टिलेटर २५ वटा छन्।

देशभर आइसियु बेड संख्या ११ सय ६ र भेन्टिलेटर ४ सय ६१ छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.