संक्रमित संख्या १ करोड ४२ लाख नाघ्यो

|

भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमित संख्या एक करोड ४२ लाख ९१ हजार भन्दा बढी पुगेको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। 

भारतमा कोरोना भाइरस सङ्क्रमणको माहामारी सुरु भएयता एक दिनमा २ लाख १७ हजार भन्दा बढी सङ्क्रमित भएका बिहीबार पहिलो पटक भएको समाचारमा जनाइएको छ। यसअघि बुधबार एक दिनमा २ लाख भन्दा बढी व्यक्ति सङ्क्रमित भएका थिए।

कोरोना सङ्क्रमणबाट बिहीबार एकै दिन एक हजार १८५ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुनेको संख्या १ लाख ७४ हजार नाघेको छ। पछिल्लो केही दिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुँदै आएका थिए। बुधबार र बिहीबार २ लाख भन्दा बढी सङ्क्रमित भएका हुन्। यो तथ्यांकले भारतमा नयाँ सङ्क्रमितको संख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ। 

भारतमा हाल १५ लाख ६९ हजार ७४३ जना सक्रिय सङ्क्रमित छन्। भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोप शुरुवात भएको थियो। सो समयदेखि हालसम्म ११ करोड ७२ लाख २३ हजारभन्दा बढी व्यक्ति खोप लगाइसकेका छन्।

केही दिनयता संसारभर कोभिड १९ को सङ्क्रमण उच्च गतिमा फैलिएको छ। सङ्क्रमण बढ्दै गएपछि विद्यालयले परीक्षा रद्द र स्थगित गर्दै आएका छन्। भारतको पश्चिम बंगालमा बाँकी रहेका चार चरणमा मतदान के गर्ने भन्ने विषयमा निर्वाचन आयोगको सहभागितामा शुक्रबार एउटा महत्वपूर्ण बैठक बस्ने जनाइएको छ। 

विश्वमै बढ्दो संक्रमित १४ करोड मृतक ३० लाख 

​विश्वमा पछिल्ला दिनमा अनपेक्षित ढंगले संक्रमण दर बढेको छ । अहिलेसम्ममा विश्वमा संक्रमितको संख्या १४ करोड दुई लाख र कोरोनाका कारण मर्नेको संख्या ३० लाख नाघेको छ । बढी संक्रमित क्रमश: अमेरिका मेक्सिको भारत र ब्राजिल फ्रान्स रुस बेलायत टर्की इटाली स्पेन जर्मनी जस्ता देशमा देखिएका छन् भने बढी मर्नेको संख्या अमेरिका ब्राजिल भारत वेलायत इटालीमा पाइएको छ ।

दशलाख भन्दा बढी संक्रमित पुगेका २४ देश छन् ।  संक्रमितको संख्या ५  लाख नाघेका थप १६ देश देखिएका छन् । अहिले नेपाल बढी संक्रमित भएका देशको पङ्क्तिमा ५४ नम्बरमा रहेको छ। नेपालमा आज २ लाख ८२ हजार ८९० संक्रमित र ३ हजार ७० मृतक संख्या पुगेको छ। यद्यपि सक्रिय संक्रमित भने ५ हजार आठ जना मात्र  रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.