|

काठमाडाैं : नेकपा एमाले माधवकुमार नेपाल समूहकी बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सत्ता लिप्साका कारण गणतन्त्र समाप्त हुने स्थितिमा पुगेको बताएकी छन्। 

एमाले नेपाल समूहको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको शपथ ग्रहणमा शाक्यले ओलीकै कारण संघर्षपछि स्थापित गणतन्त्र समाप्त हुने स्थितिमा पुगेको बताइन्।

अध्यक्ष ओलीले गणतन्त्र ल्याउन लागि योगदान गरेका योद्धाहरुलाई कारबाही गरेर आफू सत्ता र कुर्सी जोगाउने खेलमा लागेको आरोपसमेत उनले लगाइन्। 

अध्यक्ष ओलीका कारण अहिले पार्टी मात्रै नभई मुलुक नै अप्ठेरो स्थितिमा परेको पनि नेतृ शाक्यको भनाइ थियो। ‘कम्युनिष्ट पार्टी मात्रै होइन, मुलुक अप्ठेरोमा परेको छ। सङ्कटमा परेको छ। गणतन्त्र, लोकतन्त्र कमजोर बनाउने उहाँकै कारणले भइराखेको छ र देशको आर्थिक रुपान्तरण, सामाजिक रुपान्तरणको दिशातिर जसरी अगाडि बढ्नुपर्ने हो, उहाँकै कारण भइराखेको छैन।'

नेतृ शाक्यले आफूहरु नेकपा एमाले कमजोर भएको हेर्न नचाहेको पनि स्पष्ट पारिन्। तर अहिले अध्यक्ष ओलीले पार्टीलाई विचारविहीन, विधि मिचिएको र विधि समाप्त पार्टीको रुपमा खडा गर्न खोजेको आरोप पनि लगाइन्। 

‘नेकपा एमालेलाई हामी कमजोर भएको हेर्न चाहँदैनौं। शक्तिहीन भएको हेर्न चाहँदैनौं, ध्वजा ध्वजा भएको हेर्न चाहँदैनौं, विचार शुन्य भएको हेर्न चाहँदैनौं, विधि मिचिएको र विधि समाप्त भएको हेर्न चाहँदैनौं। यो कम्युनिष्ट पार्टी हो। कमरेड पुष्पलालले जन्माएको कम्युनिष्ट पार्टी हो। त्यसो भएको हुनाले हामीले नेकपा एमाले सबै हिसाबले बलियो बनाएर यो मुलुकको नेतृत्व गर्ने वामपन्थीहरुलाई नेतृत्व गर्ने, कम्युनिष्ट आन्दोलनलाई नेतृत्व गर्ने अनी यो मुलुकमा आर्थिक सामाजिक रुपान्तरण गरेर समाजवादको लक्ष्य प्राप्त गर्ने दिशाका साथ हामी अगाडि बढिराखेका छौं।’

कार्यक्रममा नेता सुरेन्द्र पाण्डेले अहिले आई लभ यु केपी बा भन्नेहरु यसअघि 'हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ' भन्नेहरु जस्तै हराएर जाने बताए।

अवसर खोज्दै हिँडनेहरू अहिले केपी ओलीको पछि लागेको र केही समयपछि उनीहरुले छाडेर जाने निश्चित भएको पनि बताए। त्यस्तो अवस्था एक वर्षभित्रै आउने पनि बताउए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.