|

काठमाडौं : नेपालीहरूले नयाँ वर्ष २०७८ वैशाख १ विभिन्न कार्यक्रम गरेर मनाएका छन्। देशमा कोरोना कहर भए पनि कहरलाई बिर्सेर रहर मानी मानेर मनाएका छन्।

नव वर्षको पहिलो दिन विभिन्न स्थानमा मनोरञ्जन कार्यक्रम गरी मनाइन्छ। त्यस दिन स्वदेशी तथा विदेशी कलाकारले मनोरञ्जन प्रदान गरेर नेपाली युवायुवतीलाई नचाएका थिए।

स्वदेशी तथा विदेशी पर्यटकले सधै झुम्ने ठमेल कोरोना कहरले २०७७ सुस्तायो। कोरोना कहरसँगै बिस्तारै गुल्जार बन्दै गरेको छ ठमेल। जसलाई गुल्जार बन्नेको पर्याय माने पनि फरक नपर्ने 'एलिट' वर्ग गएर नाच्ने 'एलओडी' बन्दै गएको छ।

'एलओडी' क्लबमा २०७८ को नयाँ वर्षमा विदेशी 'डिजे वाइभेस भी' ले नेपालका युवायुवतीलाई नचाएका थिए। एलओडीमा नाचेका उक्त भिडियो बेल्जियमको राष्ट्रिय टेलिभिजनमा प्रसारण गरेको छ।

कोरोना कहरलाई बिर्सेर नेपालीले एलओडीमा मनाएको नयाँ वर्षको उक्त भिडियो युरोपियन मुलुकको राष्ट्रिय टेलिभिजनमा प्रसारण हुनु भनेको पर्यटकीय क्षेत्रमा गौरवको विषय भएको एलओडीले जनाएको छ। यस्ता मनोरञ्जनात्मक क्रियाकलापले विदेशी पर्यटकलाई आगमन गर्न सक्ने वातावरण बन्न सक्ने एलओडीको दाबी छ।

कोरोनाले विश्वलाई गलाएको बेला नेपालमा पर्यटकलाई मनोरञ्जन दिने वातावरण बन्दै गएको सन्देश जाने एलओडीले जानकारी दिएको छ। कोरोना कहर बढ्दै गए पनि मनोरञ्जन गर्न आउनेलाई अनिवार्य स्वास्थ्य मापदण्ड पालना लगाइएको एलओडीले उल्लेख गरेको छ। 

Posted by Bhupen Sjb Kunwar on Friday, April 16, 2021

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.