|

विराटनगर : छैटौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधिका लागि आज सशस्त्र प्रहरीको एपिएफ क्लब र भारतको पञ्जाब पुलिस क्लब भिड्दैछन्। खेल मोरङको विराटनगरस्थित सहिद रंगशालामा साँझ साढे ६ बजेदेखि सुरु हुनेछ।

पाहुना टोली पन्जाब पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने एपिएफ यो सिजनको तेस्रो पटक ट्रफी उचाल्ने दाउमा छ। एपिएफ विभागीय टिम नेपाल प्रहरी र घरेलु टिम विराटनगरलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो। विराट गोल्डकपको पहिलो पटक भाग लिएको पन्जाब पुलिसले ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र, गोरखा ब्वाइज क्लब रुपन्देही र संकटा क्बललाई हराउँदै फाइनलमा स्थान बनाएको हो।

गोल्डकपको विजेताले १५ लाख १५ हजार र उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकलसहित पदक प्रदान गरिनेछ। प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले अवार्ड सबैलाई जनही २५/२५ हजार रुपैयाँ पुरस्कार रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.