|

काठमाडौं : कैलाली र बाँकेमा कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ।

धनगढीको सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको हो। कञ्चनपुरको बेदकोट नगरपालिका-१० का ८८ वर्षीय संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ।

यस्तै‚ दाङकी ३७ वर्षीया कोरोना संक्रमित महिलाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ। घोराही उपमहानगरपालिका-११ नारायणपुरकी महिलालाई चैत २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो। उनको उपचारका क्रममा शुक्रबार राति साढे १ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.