नागरिकता विधेयक अगाडि बढाउन जसपाको माग

|
फाइल फोटो

काठमाडौं : परराष्ट्रमन्त्री तथा नेकपा एमालेको प्रवक्ता प्रदीप ज्ञवालीले माओवादी केन्द्र नभए पनि देश चल्ने टिप्पणी गरेका छन्। माओवादी केन्द्रले बहिष्कार गरेको सर्वदलीय बैठक सकिएपछि बाहिरिने क्रममा उनले भने, ‘माओवादीलाई खबर गरेको नगरेको भन्ने बेकारको कुरा हो। उहाँहरू किन आउनु भएन त्यो थाहा भएन, उहाँहरू नहुँदा पनि देश चाहिँ चल्छ।’

बाहिर-बाहिर कार्यक्रममा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर छलफल गर्न चाहेको भन्दै हिँड्ने प्रचण्डजीले बताएको चर्चा सुनेको तर्क गरे। 

ओलीले वर्तमान सरकार राष्ट्रियतासँग दृढ गरेको समेत बताए। ‘पछिल्लो समय राजनीति स्थायित्वको हुनुपर्छ। त्यस्तो कार्यलाई निरुत्साहित गर्नुपर्छ’ प्रधानमन्त्री ओलीको भनाइ थियो। 

कर्णालीको विषयलाई क्षम्य नहुनेसमेत बताए। बैठकमा कोरोना रोकथाम तथा न्यूनीकरण, उपनिर्वाचन र राष्ट्रिय राजनीतिको विषयमा कुराकानी भएको बताए।

‘संवैधानिक व्यवस्थाअनुसार उपनिर्वाचन गर्नका सबै दलहरूले सहमति दिएको छन्। तर, कांग्रेसले भदौको महाधिवेशन प्रभावित नहुने गरेर उपनिर्वाचन गर्न आग्रह गरेको छ’ उनले भने। 

एमसिसीमा अड्को 

पार्टीभित्रको विवादको कारणले लामो समयदेखि एमसिसी संसदमा अड्किएर बसेको छ। उनले भने,‘एमसिसी लामो समयदेखि अड्किएको छ। पास गर्ने या नगर्ने त्यो संसद्का कुरा हो। संसदलाई अधिकार हुन्छ। तर, सभामुखले सुनियोजित ढंगले रोक्न मिल्दैन। जुन अधिकार उहाँसँग छैन।’

बैठकमा एमसिसी परिमार्जनको विषयमा पनि केही दलहरूले कुरा राखेको बताए। ‘एमसिसीको विषयमा आवश्यक छलफल गरेर टुंगोमा लग्ने सहमति भएको छ। एमसिसी अगाडि बढाउने विषयमा एक खालको सहमति भएको हो’ उनले थपे। 

एमसिसी मात्रै नभएर संसदमा महत्वपूर्ण अध्यादेशहरू रोकिएकाले हिउँदे अधिवेशन लम्बिएको बताए। सरकारको कारणले नभएर सभामुखको कारणले संसदमा बिजनेस रोकिएको दाबी गरे। 

जसपाको कुरा 

बैठकमा जसपाले नागरिकता विधेयकलाई अगाडि बढाउनुपर्ने बताएको उनले बताए। उनले भने, ‘उहाँहरूको सबै कुरा एउटै एजेण्डामा छ। उहाँहरूले थप जन्मको आधारमा नागरिकता दिनुपर्छ भन्ने हो। धेरै अझै नागरिकताविहीन भएर बसेका छन्।’

संसद्‍मा पुगिसकेको भएकाले नागरिकताको विधेयकलाई अगाडि बढाउनुपर्ने बताए। ‘संसदमा पुगिसकेका छ। संसदलाई एजेण्डा बनाएर छलफल गर्नुपर्छ। संसदमा बिजनेस अड्किनु हुँदैन भन्ने हो’ उनले भने। 

एमाले र जसपाबीचको छलफल सकारात्मक भइरहेको समेत बताए। उनले भने, ‘उहाँहरूको मुद्‍दाका विषयमा छलफल चलिरहेकाे छ। कानुनलगायतका विषयमा छलफल भइरहेको छ। छलफल सकारात्मक छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.