|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ८ सय ४३ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २४ घन्टामा ५ हजार ३ सय ३३ जनामा गरिएको पिसिआर परिक्षणमा  ७ सय ६८ पोजेटिभ र ६ सय ७१  जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५ जना पोजेटिभ गरी जम्मा ८ सय ४३ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

 यस्तै, यही समयमा ५ जना कोरोना संक्रमितको ज्यान गएको छ। भने २ सय २६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन्। हाल देशभर ७४ जना क्वारेन्टाइनमा रहेको छ र ५ हजार ५ सय ४५ जना संक्रिय संक्रमित रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.