|

काठमाडौं : कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले शहरी क्षेत्रका विद्यालयमा वैकल्पिक माध्यामबाट पठनपाठन गर्न सिफारिस गरेको छ।

बैठकपछि थाहाखबरसँग कुरा गर्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव खगराज बरालले विद्यार्थीलाई वैकल्पिक पद्धतिबाट पढाउन सुझाव दिने निर्णय गरेकाे जानकारी दिए। उनले यसलाई विद्यालय बन्दका रुपमा बुझ्न नहुने पनि बताए। शिक्षा मन्त्रालयले तोकेका अनलाइनसहित आठवटा वैकल्पिक विधिबाट पठनपाठनलाई निरन्तरता दिन सिफारिस गरिएको उनको भनाइ छ।  

 सिसिएमसीको सिफारिस मन्त्रिपरिषद बैठकले पारित गरेपछि मात्रै कार्यान्वयनमा आउँछ। 

यस अघि १४ जिल्लालाई संक्रमणको जोखिमयुक्त जिल्ला घोषणा गर्दै स्वास्थ्य मन्त्रालयले अभिभावकलाई आफ्ना बालबालिकालाई विद्यालय नपठाउन अपिल गरेको थियाे। पछिल्लाे समय बालबालिकामा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले विद्यालयमा वैकल्पिक विधिबाट पठनपाठन गर्न आग्रह गरेको हो। 

यस्तै बैठकले सीमा नाकामा परीक्षणकाे दायरका बढाउन, काेभिड अस्पतालमा नि:शुल्क उपचार तथा परीक्षणकाे व्यवस्था गर्न, प्रदेश र स्थानीय तहलाई कोरोना नियन्त्रणका लागि पुन: पहिलेजस्तै सक्रिय बनाउन सिफारिस गरेको बरालले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.