|

नवलपरासी : पूर्वी नवलपरासीको दाउन्नेमा भएको बस दुर्घटनामा परी घाइते भएका ३१ जनाको उद्दार गरिएको छ। दुर्घटना स्थलबाट घाइतेलाई उद्दार गरी जिल्लाका विभिन्न अस्पताल र चितवन पठाएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले घटनास्थलबाट १३ जना पुरुष, १२ जना महिला र ६ जना बालबालिकाको उद्दार गरिएको जानकारी दिए।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको उनले बताए। घाइते कसैको पनि सनाखत भइनसकेको प्रहरीले जनाएको छ। बसमा सवार यात्रुको संख्या एकिन नभएका कारण अहिले पनि उद्दारकार्य जारी छ। बस राजमार्ग देखि करिब दुई सय  मिटर तल भिरमा अड्किएको छ। 

 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.