|

दाङ :  दाङको  बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा बेड अभाव हुन थालेको छ। पछिल्लो समय जिल्लाका कोरोना संक्रमित बढ्दै गएपछि बेड अभाव भएको हहो।

२५ जनाको क्षमता भएको अस्पतालमा बेडको अभाव भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताए। उनका अनुसार अहिले अस्पतालमा २६ जना कोरोना संक्रमित छन्। तीमध्ये पाँचजना आइसियु र २१ जना एचडियु बेडमा छन्।

नेपाल संस्कृत विश्वविद्यालयको भवनमा कोरोना विषेश अस्पताल छ। उक्त भवनको तेस्रो तलमा आयुर्वेद अस्पताल र दोस्रो तलमा आयुर्वेद चिकित्साशास्त्रको बिएएमएस तहका विद्यार्थीले अध्ययन गर्दै आइरहेका छन्। अस्तपालमा बेड थप्न ठाउँ र जनशक्ति थप भएमा करिब ५०/५५ जना बिरामी राखेर उपचार गर्न सकिने व्यवस्थापक वलीले बताए।

‘अहिले अस्पतालमा थप संक्रमित खाने ठाउँ छैन्,’ उनले  भने, ‘मलाई अहिले पनि भर्ना गरिदिनु भन्दै फोन आइरहेको छ। अस्पतालमा राख्ने ठाउँ छैन। अब अस्पतालमा बेड थप नगर्ने हो भने स्थिति गाह्रो हुने छ।’

दाङमा एउटा मात्र कोरोना विषेश अस्पताल छ। उता घोराहीमा रहेको प्रतिष्ठानमा कोरोना संक्रमित भर्ना गरिए ‍पनि दैनिक बेडको शुल्क तिनुपर्ने उनको भनाइ छ।   प्रतिष्ठानमा आइसियु र भेन्टिलेटर सेवा नहुँदा अब गम्भीर बिरामीलाई कहाँ राख्ने भन्ने अन्यौल रहेको समेत उनले बताए। 

कोरोना संक्रमित बढ्दै जान थालेपछि दाङमा आइसियु र अक्सिजनसहितका बेड संख्या बढाउने निर्णय भएको छ। जिल्ला कोरोना संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले कोरोना विषेश अस्पताल बेलझुण्डीमा रहेको ५ बेडको आइसियु बेडलाई बढाएर २५ बनाउने निर्णय भएको छ। त्यसैगरी, देउखुरी क्षेत्रका ४ वटा स्थानीय तहले २५ बेडको अक्सिजनसहितको बेड तत्काल बनाउने र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको १७ बेडलाई २५ बेडमा बनाउने निर्णय भएको छ। गम्भीरलाई आइसियुमा भर्ना गर्ने, अक्सिजन दिनुपर्ने अवस्थाका लागि घोराही तथा लमहीमा राख्ने र सामान्य अवस्थाकालाई घरकै आइसोलेसनमा व्यवस्थापन गर्ने बैठकले निर्णय गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.