|

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) विरुद्ध गम्भीर आरोप लगाएकी छिन्।

भाजपाले आफ्नो टेलिफोन संवाद रेकर्ड गरिरहेको उनले बताएकी हुन्। यो मामिला अब केन्द्रीय गुप्तचर विभागद्वारा जाँच गराइने पनि उनले जानकारी दिएकी छिन्। 

आफ्नो जस्तो आवाज सुनिने एक अडियो क्लिप भाइरल भएपछि बनर्जी भाजपामाथि खनिएकी हुन्। 

भाजपाले आफूविरुद्ध षडयन्त्र रचिरहेको र पश्चिम बंगालमा तृणमूल कांग्रेसको विकास योजनासँग प्रतिष्पर्धा गर्न नसकेपछि अहिले यो हदसम्म ओर्लिएको ममताले दाबी गरेकी छिन्। 

उनले भनेकी छिन्, 'भाजपाका नेताहरू अहिले मानिसको दैनन्दिन जीवनयापनमा समेत जासुसी गर्न थालेका छन्। यस्तो लागिरहेको छ कि उनीहरू खानेपिउनेदेखि हरेक घरेलु संवाद पनि रेकर्ड गर्न व्यस्त छन्। म यो मामिला जाँच गर्न गुप्तचर विभागलाई निर्देश गर्छु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.