|

चितवन : चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैंडामरेका छन्। तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरीशिकारीले मारेका हुन्।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लोपटक वैशाख १ मा गैंडामृतावस्थामा फेला परेको थियो। गत आर्थिक वर्षमा प्राकृतिक कारणले २६ वटा गैंडामरेका थिए। तीन महिना बाँकी रहँदा गत वर्षभन्दा बढी गैंडामरेपछि निकुञ्जले गैंडामर्नुको कारण पत्ता लगाउन समिति नै बनाएर काम गरिरहेको छ।

प्राकृतिक कारणले मरेका गैंडाबूढो भएर, एकापसमा जुधेर, दलदलमा फसेर, बाघले आक्रमण गरेरलगायतका कारणले मर्ने गरेका छन्। निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको संख्या बढी हुँदा मृत्युदर बढेको अनुमान गरिएको छ। हालै गैंडागणना भएपछि कुन क्षेत्रमा कति गैंडाछन् भन्ने यकिन तथ्यांक आइसकेको छैन।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले तथ्यांङ्क निकालेपछि आवश्यक भएमा आन्तरिक स्थानान्तरणसमेत गरिने बताए। चोरी शिकारी नियन्त्रणका लागि निकुञ्ज लागिपरेको छ। केही तस्करीमा संलग्न पक्राउ परेपछि थप चोरी शिकार हुन पाएको छैन। गत वर्ष चोरी शिकार शून्य रहेको थियो। बरालले प्राकृतिक कारणबाट मर्ने संख्या पनि घटाउने प्रयास जारी रहेको बताए। सन् २०१५ पछि यस वर्ष गैंडागणना गरिएको हो। यस वर्षको गणनामा यस निकुञ्जमा ६९४ गैंडाभेटिएका थिए। यसअघिको गणनामा यो संख्या ६०५ मात्रै रहेको थियो। त्यसपछि स्नानान्तरण र चीनलाई उपहार दिइएको भए पनि संख्या भने वृद्धि भएको छ।

बाढीबाट केही गैंडाबगेर भारत पुगेको अनुमान छ। भारतबाट १० वटा गैंडाफिर्ता ल्याइएको भए पनि अझै केही गैंडाभारतीय भूभागमा रहेको अनुमान गरिएको छ। आशा गरेअनुसार गैँडाको सङ्ख्या बढेपछि संरक्षणकर्मी उत्साहित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.