|

चितवन : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम मन्दिर बनाउने विषयमा अहिले अनुसन्धानभन्दा प्रचार बढी भएको बताएका छन्। माडीस्थित प्रस्तावित अयोध्या क्षेत्रमा पुगेर प्रचण्डले कुनै पनि काम प्रचारमुखी नभई यथार्थमुखी हुनुपर्ने बताएका हुन्।

उनले कम्युनिष्टहरू धर्मलाई मान्दैनन् भन्ने कुरा झुटो भएको पनि बताए। उनले आफूले सरकारमा गएपछि यस विषयमा मुठी खोलेर सहयोग गर्ने पनि प्रष्ट पारे। त्यस्तै, उनले यस विषयमा संवेदनशील बन्ने र पुरातत्वविदहरूसँग छलफल गरेर अनुसन्धानमा गम्भीर हुनेसमेत बताए।  

 माडी ९ कृष्णपुरमा वैशाख ८ गते रामनवमीका दिन राम मन्दिर स्थापना गरिँदै छ। काठमाडौंदेखि राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति ल्याइँदै छ। प्रचण्डले अयोध्याधाम क्षेत्रको निरीक्षणसमेत गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.