|

काठमाडौं : लेखक, चिन्तक तथा विश्लेषक सौरभले एमसिसीले नेपाललाई कालान्तरमा सिध्याउने बताएका छन्।

आफ्नो असहमति शृंखलाको तेस्रो पुस्तक 'असहमति-३' को लोकार्पण भिडियोमा उनले भनेका छन्, 'बिआरआई, बिमेस्टेक, एमसिसीजस्ता पश्चिमाहरूका लगानीले साना मुलुकमाथि निरंकुशता बढ्छ र एकदिन त्यसले राष्ट्रको अस्मितामाथि प्रश्नचिह्न खडा गर्छ! हामीलाई सिध्याउन अहिले सबै लागिपरेका छन्, यदि यस्तै अवस्था रहे हामी बर्मा, ग्रीस, अलबानिया वा दक्षिण  कोरियाजस्तो हुन सक्छौँ। यी कुरालाई आधारभूतरूपमा कम्युनिस्टहरूले संस्थागत गर्न खोजिरहेका छन्। त्यसैले मैले किताबमा मार्क्स र क्राइस्टबाट मुक्ति शीर्षकमा दुईवटा लेख लेखेको छु।'

बुक-हिल पब्लिकेसनले आइतबार सार्वजनिक गरेको उनको पुस्तक लोकार्पणको भिडियोमा उनले वेदभन्दा अघि मुन्धुम लेखिएको समेत बताएका छन्. उनी भन्छन्, 'तैत्तिरीय संहिता भनेको मुन्धुम नै हो। आफूलाई नेपालीहरूले आफैँ चिन्नुपर्‍यो।'

इतिहास निर्माणका क्रममा गरिएका अपव्याख्या, नेपाली भूगोल, सभ्यता, धर्म, भाषा, संस्कृति, सम्पदा, संस्कार र जीवनशैलीप्रति बोलिएका धावाहरूको जवाफको रूपमा आएको असहमति-३ ले पाठकको मन जित्नेसमेत उनले विश्वास लिएको बताएका छन्।

देशभरका पुस्तक पसलमा आजैदेखि उपलब्ध भएको, ६ वटा खण्डमा विभाजित पुस्तकमा ३३ वटा विचारोत्तेजक लेखहरू रहेका छन्। विषयको विविधतामा यथेष्ट सूचना र सन्दर्भसहित गरिएका व्याख्या तथा विश्लेषणले सामाजिक-राजनीतिक डिस्कोर्सप्रति विमति जनाएका छन्।

३ सय पृष्ठको पुस्तकको बजार मूल्य मोटो गाता ७ सय र पातलो गाता ५ सय रुपैयाँ रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.