|

बेलायतको बकिङ्घम राजदरबारका ड्यूक अफ एडिनबरा प्रिन्स फिलिपको अन्तिम संस्कार गरिएको छ।

शनिबार विन्डसर क्यासको सेन्ट जर्ज चापलमा उनलाई गाडिएको हो। 

फिलिपलाई उनका परिवारजनले अन्तिम विदाइ गरेका थिए। विन्डसरका डीन र केन्टरबरीका आर्कविशपको अगुवाइमा उनको अन्तिम संस्कार प्रकृया पूरा गरिएको हो। 

अन्तिम संस्कार कार्यक्रममा महामारी एलिजाबेथले विन्डसर कासल मैदानमा आफ्नो परिवार र देशको नेतृत्व गरेकी थिइन्। सो समय पूरै बेलायत शोकाकुल बनेको बीबीसीमा उल्लेख छ। महारानीको पछाडि प्रिन्स अफ वेल्स चाल्र्स र डचेज अफ कर्नवाल क्यामिला सहभागी थिए।

आफ्नो अन्त्येष्टि क्रममा गाइदिन भनी फिलिपले नै लेखेर छाडेको गीत गायन मण्डलीले गाएका थिए। 

अन्त्येष्टि समारोहमा फिलिपका निजी सचिव ब्रिगेडियर अर्ची मिल बेकवेल सबैभन्दा जेष्ठ नागरिक थिए। उनी प्रिन्स फिलिपका पूर्व मेट्रोपोलिटन पुलिस निजी सुरक्षा अधिकारी तथा पूर्व सेवकहरूका साथ थिए। 

सेनाको ब्याण्डले ड्यूक अफ एडिनबराद्वारा चुनिएको संगीत बजाएको थियो। तिनमा जेरुसेलम र एल्गरको निमरोडस्ता धुन पनि थिए। 

चतुर्भूज आकारमा चलिरहेको ल्याण्डरोभरलाइृ सेनाका जवानहरूले शिर झुकाएर सलामी दिए। त्यसपछि शाही परिवारका सदस्यहरूलाई आ–आफ्नो स्थानमा लगियो।

गीतहरूकै बीच फिलिपको शव राखिएको बाकसलाई उनी चिरकालसम्म निदाइरहने स्थानमा लगियो।

अन्तिम संस्कार पूरा गर्न गायन मण्डलीले बाइबलको पङ्क्ति गायो। १८ औं शताब्दीका संगीतकार विलियम क्राफ्टले बाइबलका ती पङ्क्ति गाएका थिए।

सो पङ्क्तिमा 'म उत्थान र जीवन हुँ' उल्लेख छ, जो द गास्पेल अफ जोनबाट लिइएको थियो। द बुक अफ जबबाट 'मलाई थाहा छ कि मेरो उद्धारक जीवित छन्' भन्ने पङ्क्ति पनि गाइएको थियो। 

कोरोना भाइरस महामारीका कारण फिलिपको अन्त्येष्टिमा जम्मा ३० जना सहभागी भएका थिए। बकिङ्घम दरबारले एक विज्ञप्ति जारी गर्दै मलामीको अन्तिम सूची तयार गर्न महामारी एलिजावेथलाई निकै सकस परेको जानकारी दिएको थियो। 

शुरूमा भने फिलिपको अन्त्येष्टिमा ८०० मानिसहरूलाई सहभागी गराउने योजना बनाइएको थियो। 

महारानी एलिजाबेथले आफ्ना पतिको अन्तिम संस्कारका बेला परिवारका सबै सदस्य सहभागी होउन् भन्ने चाहेकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.