|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई निशानामा पारेको आरोप  लगाएका छन्।

योङ कम्युनिस्ट लिग माडीले आयोजना गरेको नगर सभालाई सम्बोधन गर्दै प्रचण्डले संविधानमाथि गलत प्रहार गरेका प्रधानमन्त्री ओलीले आफुलाई सिध्याउन लागिपरेको आरोप लगाए।

प्रधानमन्त्री ओलीले केहीदिन अघि प्रचण्डसँग कुनै शक्ति बाँकी नरहेको टिप्पणी गरेकोप्रति आक्रोश पोख्दै परिवर्तनको रक्षा गर्न जनता सडकमा आउने छैनन् भन्ने हल्ला काठमाडौंमा चलाइएको टिप्पणीसमेत गरे। 

‘यो परिवर्तन ल्याउन सबैभन्दा महत्वपूर्ण भूमिका खेल्ने पात्रका हैसियतले प्रचण्डको अव शक्ति सिद्धियो, प्रचण्डलाई साथ दिने मान्छे अब छैनन् भन्ने एउटा गलत प्रचार काठमाडौंमा अहिले गरिएको छ, उनले भने ‘र संविधानमाथि गतल प्रहार गर्दै गर्दा अहिलेको सरकार प्रमुखको प्रहारको निशाना भनेको माओवादी आन्दोलन र त्यसको नेताको हिसाबले प्रचण्ड।’

उनले ७० बर्ष लामो संघर्षबाट प्राप्त उपलब्धि उल्टाउने प्रयास सफल हुन नदिने पनि चेतावनी दिए। केहि समय यता देशको राजनीति निकै असहज र अस्वभाविक ढङ्गले अघि बढिरहेको उल्लेख गरे । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.