|

पाल्पा : जिल्लामा आज (आइतबार) २७ नयाँ कोरोना संक्रमित थपिएका छन्। १०९ जनाको परीक्षणमा यो संख्यामा संक्रमित थपिएका जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए।

जिल्लाको सदरमुकाम तानसेनमा सबैभन्दा बढी १२ जना कोरोना संक्रमित थपिएका छन्। यस्तै माथागढी गाउँपालिकामा ३, पूर्वखोलामा १, रैनादेवी छहरामा ३, रम्भामा ३, बगनासकालीमा १, तिनाउमा १, रिब्दीकोट गाउँपालिकाका ३ जना मानिसको कोरोना पोजेटिभ रिपोर्ट आएको उनले बताए। 

विगत केही महिनादेखि पाल्पामा कोरोनाको अवस्था शून्य थियो। यो दोस्रो लहरका रुपमा देखा परेको पन्थीले बताए। कोरोना संक्रमित हुनेमा अधिकांश भारतबाट पाल्पा फर्किएका मानिस रहेका छन्।

लक्षण देखिएका संक्रमितको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, नेसनल प्याथ ल्याब बुटवल, लुम्बिनी मेडिकल कलेज पाल्पा र जिल्ला अस्पताल पाल्पाको आइसोलेसनमा उपचार भइरहेको छ। भने सामान्य अवस्थाका संक्रमित होम आइसोलेसनमा बसेका उनले बताए। 

कोरोनाको महामारी सुरू भएदेखि हालसम्म पाल्पामा कोरोना संक्रमित संख्या २०३६ पुगेको छ। ३८ जनाको मृत्यु भएको छ। पछिल्लो समयमा केही हप्ता अघि २ जना नयाँ संक्रमितको मृत्यु भएको थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.