|

रुकुम (पूर्व) :  भूमे गाउँपालिकामा सञ्चालन भएको दोस्रो भूमे कप भलिवल प्रतियोगितामा महिला र पुरुष दुबैतर्फको उपाधि बाग्लुङले जितेको छ।

पुरुष भलिबलमा रुकुम पश्चिम उप–विजेता बनेको छ। यस्तै रेन्बो युवा क्लब भूमे तेस्रो भएको छ। प्रथम हुने टिमले ७५ हजार नगद तथा उप–विजेताले ४० हजार नगद प्राप्त गरेको छ।

यस्तै तेस्रो हुनेले २० हजार रुपैयाँ साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त पाएका छन्। यसैगरी महिला भलिबलमा पनि प्रथम भएको बाग्लुङले ५० हजार नगद हात पारेको छ। उप–विजेता बनेको सिस्ने गाउँपालिका–५ स्थित रुक्मिणी माविले ३० हजार तथा तेस्रो भएको रुकुम पश्चिमले १५ हजार हात परेको छ।

वैशाख १ गते नयाँ वर्षको अवसर पारेर भूमे गाउँपालिकाको आर्थिक सहयोगमा  भूमे युवा विकास केन्द्रको आयोजनामा प्रतियोगिता भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.