|

काठमाडौं :  नेकपा माओवादी केन्द्रले आज दिउँसो एक बजेका लागि स्थायी कमिटी बैठक बोलाएको छ।

पछिल्लो राजनीतिक घटनाबारे छलफल गर्न बैठक बोलाइएको हो। ओली सरकार ढालेर नयाँ सरकार गठनको प्रयासमा रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र जसपासँग पनि छलफल गरेका छन्। 

यी दुई पार्टीबीच आइतबार भएको छलफलका बारेमा स्थायी कमिटीमा प्रचण्डले ब्रिफिङ गर्ने छन्।  यस्तै आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने बताइएको छ। 

कर्णाली प्रदेश सरकार टिकाउन नेकपा एमालेका माधवकुमार नेपाल समूहले साथ दिएपछि माओवादी केन्द्रले संघीय सरकारमा पनि ओली सरकार फेर्ने गृहकार्य गरेको हो। शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशमा जस्तै गण्डकी र लुम्बिनी प्रदेश सरकार र संघीय सरकारसमेत बदल्ने तयारी भइरहेको बताएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.