काठमाडौं : नेपालगञ्जबाट कोरोनाका बिरामी लिएर काठमाडौं आउँदै गरेका दुई हेलिकप्टर धादिङको गजुरी बजारमा आकस्मिक अवतरण गरिएको छ।
आकस्मिकरूपमा अवतरण गर्ने हेलिकोप्टरमा मनाङ एयर र अल्टिच्युड कम्पनीका हुन्। मौसम खराबीले काठमाडौंमा अवतरण हुन नसकेपछि गजुरी बजारमा हेलिकोप्टर आकस्मिक अवतरण गरिएको हो। काठमाडौंमा भिजिविलिटी कम भएकाले गजुरीमा आकस्मिक अवतरण गरिएको बुझिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।