बोहोराको विज्ञप्ति : गुटगत आग्रहको बक्तव्यबाजी अभिव्यक्ति मात्रै

|

काठमाडाैं : एमालेको नवौं महाधिवेशनबाट अनुशासन आयोगको अध्यक्ष निर्वाचित अमृत कुमार बोहोराले भोलिका लागि बोलाइएको महाधिवेशन कमिटीको बैठक रोक्न आग्रह गरेका छन्।

उनले एक वक्तव्य जारी गरेर बिग्रिएको स्थितिलाई सुधार गर्ने उपाय खोजिनुपर्नेमा आयोजक कमिटीको बैठक भनेर स्थिति थप असहज बनाउने काम हुन लागेकाले बैठक रोक्न उनले आग्रह गरेका हुन्।

तर संस्थापन पक्षले उनको यो आग्रह यो आग्रहलाई गुटगत आग्रहको वक्तव्यबाजी अभिव्यक्ति भएको जनाएको छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले पार्टी विधान, प्रक्रिया संस्थागत निर्णयका आधारमा चल्ने भएकाले यस्ता सौदाबाजीका विषय नुहने टिप्पणी गरे।

उनले महाधिवेशन आयोजक कमिटी पार्टी अध्यक्ष एक्लैले नबनाएको भन्दै पार्टीको संस्थागत निर्णय भएको जनाए। ‘गाडी धेरै अगाडि बढिसकेको छ, पुरानै स्टेसनमा फर्किन असम्भव जस्तै छ। जुन गन्तव्यतर्फ पार्टी अगाडि बढेको छ, ती प्रक्रिया पूरा गर्दै बढ्ने सिलसिलामै हुन्छ,' थापाले भने, 'तिथि मितिसहित अगाडि बढेको आयोजक कमिटीले माहाधिवेशन कमिटीकै हिसाबले बैठक गर्छ।’

थापाले पुराना कुरा गरेर ऐंठन प्रदर्शन गर्दै हिँड्न आवश्यक नभएको बताए। उनले अनुशासन आयोगका अध्यक्ष गुटगत गतिविधिमा लागेकाले यस्ता कुरा गर्न नसुहाउने बताए।

‘आग्रह जायज हुनपर्यो। विधानसम्मत आग्रह हुनपर्यो। मान्छेले पत्याउने आग्रह हुनुपर्यो। एकताका लागि भुमिकाले खेलेकाले मात्रै एकताको कुरा गर्नु स्वभाविक होला तर गुटगत गतिविधि गरिरहेको नेताहरुले एकताको कुरा गर्नु सुरताल मिलेको देखिएन्,’ थापाले भने, 'पार्टीको ह्विप उल्लंघन र फ्लोर क्रस गरेर पार्टी निर्णयको खुलेआम अवज्ञा गर्दादेखि पार्टीको विरोध गर्दा, विरोधीलाई सहयोग गर्दा उहाँले विज्ञप्ति निकाल्न जरुरी ठान्नु भएन।'

बोहोराले यसअघि एकलौटी गरिएका निर्णय सच्च्याउँदै पार्टीमा एकता र सहमति साथ बढ्नुपर्ने वातावरणको सिर्जना गरिनुपर्ने बताए। तर थापाले त्यसलाई अस्वीकार गरिदिए।

बोहोराप्रति लक्षित गर्दै थापाले भने, ‘एकता र सहमतिको कुरा प्रिय शब्द हो। तर एकतामा लाग्नेले त्यो कुरा गर्नुपर्छ। विभाजन समानान्तर गतिविधि, गुटगत क्रियाकलापमा लाग्ने नेताहरुका लागि त्यो कुरा शोभनीय होइन,’ थापाले बोहोरा पार्टी एकताको हिमायती भएको अनुभुति हुन नसकेको बताए।

उनले भने, 'उहाँ (अमृत बोहोरा) पार्टी एकताको हिमायती भए ‘माधव नेपालले फागुन २४ गतेदेखि पेरिसडाँडा, अर्याल होटल, हेरिटेज गार्डेन, पोखरा देखि झापा र आज काभ्रेसम्म गरेका समानान्तर कमिटीहरुको गठन, जनवर्गीय संगठनमा विधान प्रक्रिया, पार्टीका मुल्य मान्यतादेखि संस्थागत निर्णयविरुद्ध अनुशासनविपरीत गरिरहेको समानान्तर गतिविधि फ्लोर क्रससम्म निकाल्नुपर्ने थियो। उहाँले त्यो गर्नु भएन।'

एमाले महाधिवेशन आयोजना कमिटी बैठक भोलि सोमबार ११ बजे हुने भनिए पनि अर्को सूचना निकालेर भोलि १ बजे बस्ने जनाइएको छ।

यो पनि

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.