|

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा  दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ। गएराति भएको खेलमा दिल्लीले पन्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो।  

जितको लागि १ सय ९६ रनको लक्ष्य पछ्याएको दिल्लीले १८ दशमलव २ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्दै १ सय ९८ रन बनायो।

दिल्लीका लागि शिखर धवनले सर्वाधिक ९२ रनको अर्धशतकीय पारी खेले। उनले ४९ बल खर्चेर १३ चौका र २ छक्का प्रहार गरे।  मार्कस स्टोइनिसले १३ बलमा ३ चौका र १ छक्का सहित २७ रनमा अविजित रहे । पृथ्वी शाले १७ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाए।

कप्तान ऋषभ पन्तले १६ बलमा १ छक्कासहित १५ रन बनाए।  ललित यादव १२ रनमा अविजित रहे । उनले ६ बलमा  बलमा २ चौकासहित १२ रन बनाए ।  स्टीव स्मिथ १२ बलमा ९ रन बनाएर आउट भए ।  पन्जाबका झेय रिचर्ड्सनले २ विकेट लिए।  अर्शदीप सिंह र रायली मेरेडीथ एक–एक विकेट लिए । 

यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९५ रन बनाएको थियो। 

पन्जाबकालागि मयंक अग्रवालले ६९ रनको अर्धशतकीय पारी खेले। उनले ३६ बलमा ७ चौका र ४ छक्कासहित सर्वाधिक ६९ रन प्रहार गरे। पन्जाबका कप्तान लोकेश राहुलले ५१ बलमा ७ चौका र २ छक्का सहित ६१ रन बनाए। यसअघि दिल्लीले राजस्थान रोयल्सलाई हराएको थियो। 
 
दिपक हुडा २२ रनमा अविजित रहे। उनले बलमा १३ बलमा २ छक्कासहित २२ रन बनाए। शाहरुख खान ५ बलमा २ चौका र १ छक्का सहित १५ रनमा अविजित रहे।

यस्तै, क्रिस गेल ९ बलमा एक छक्कासहित ११ रन बनाए। निकोलस पुरनले ८ बलमा १ चौकासहित ९ रन जोडे।​ बलिङतर्फ दिल्लीका लुकमन मेरीवाला, कगिसो रवाडा, आवेश खान र क्रिस वोक्सले समान एक–एक विकेट लिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.