|

पर्सा : पर्सालगायत प्रदेश २ को भोजपुरा र मिथिलाञ्चलमा यो वर्षको चैती छठ मनाइएको छ। धार्मिक परम्पराअनुसार आइतबार साँझ अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिई यस वर्षको चैती छठ मनाइएको हो।

कोरोना महामारीबीच पनि दूरी कायम गर्दै भोजपुरा र मिथिलाञ्चलमा चैती छठ विधिपूर्वक मनाइएको श्रद्धालु तथा भक्तजनले बताएका छन्। विधि राम्रोसँग गरेर भीडभाडबिना नै मनाएको उनीहरूको भनाइ छ।

चार दिनसम्म श्रद्धालु तथा भक्तजनले विभिन्न विधि गर्दै मनाउने चैती छठ मनाउँछन्। यो पर्व विशेषतः प्रदेश २ का पर्सा, बारा, रौतहट‚ महोत्तरी, धनुषा, सिरहा, सप्तरीलगायत जिल्लामा मनाइन्छ। भोजपुराअन्तर्गत पर्साको वीरगञ्जको घडीअर्वा पोखरी परिसरलगायतमा छठघाटमा कोरोनाको कारण खासै भिडभाड भएन।

छठ पर्वका अवसरमा तराईका पोखरी, नदी, तलाउ र जलाशय बेहुली झैं सिंगारिन्थे। तर‚ यो वर्ष भने कोरोना महामारीका कारण भक्तजनहरुले विधि मात्र पुर्‍याएर चैती छठ मनाएका छन्।

                                                                         सबै फोटोहरू : तुलसी भण्डारी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.