|

काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई आज र भोलि भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउँदैछ। 

कोरोना भाइरसको जोखिम कायम रहेकै अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी कार्यक्रम सन्चालन गरिएको मन्त्रालयले जनाएको छ।  गत वर्ष कोरोनाका कारण गरिएको लकडाउनले भिटामिन ए खुवाउने तथा अन्य खोप कार्यक्रम समेत प्रभावित भएका थिए। मन्त्रालयले यो वर्ष सबै अभिभावकले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण परिपालन गर्दै बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि तोकिएको ठाउँमा लगेर खुवाउन अनुरोध गरेको छ। 

कार्यक्रममा ६ देखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १२ देखि ५९ महिनाका बालबालिकालाई जुकाको औषधी खुवाइने मन्त्रालयले जनाएको छ। 

भिटामिन ए क्याप्सुल वितरण केन्द्रमा जाँदा भिडभाड नगर्न, एक ब्यक्ति र अर्को ब्यक्ति बिचको दूरी कम्तीमा दुई मिटर कायम गर्न, आफ्ना बालबालिका सुरक्षाका लागि अनिवार्य सहि तरिकाले मास्क लगाउन मन्त्रालयले आग्रह गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.