|

भारतको बिहारका सत्ताधारी विधायक एवम् पूर्व शिक्षामन्त्री डा. मेवालाल चौधरीको निधन भएको छ।

चौधरीलाई कोरोना संक्रमण भएको थियो। तीन दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पतालमा भर्ना भएका थिए। 

बिहारमा कोरोना संक्रमण मामिला बढेपछि मुख्यमन्त्री नीतिश कुमारले विभिन्न क्षेत्रमा प्रतिबन्ध घोषणा गरेका थिए। पूरै राज्यमा रातभर कफ्र्यू लगाउने गरिएको छ ।

पसल एवम् बजारहरू बेलुकी ६ बजेदेखि नै बन्द गर्न निर्देश गरिएको छ। सरकारी कार्यालयको काम पनि साँझ ५ बजेदेखि बन्द गर्ने थालिएको छ। 

मे १५ सम्म सबै शैक्षिक संस्थान, सपिङ सेन्टर, सिनेमाघर र धार्मिक स्थलहरू बन्द गरिएको छ। 

बिहारमा पछिल्लो २४ घण्टाभित्र ८ हजार ६९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.