|

काठमाडौं : अन्नपूर्ण हिमाल आरोहण गर्न गएका तीनजना रूसी नागरिक सम्पर्कविहीन भएका छन्।

आरोहण गरेर फर्किने क्रममा आइतबार साँझदेखि उनीहरु बेपत्ता भएको  सेभेन समिट ट्रेक्सका थानेश्वर गुरागाईंले जानकारी दिए। 

उनका अनुसार उनीहरूको खोजी गर्न अहिले हेलिकोप्टर परिचालन गरिएको छ। कैलाश हेलिकोप्टरमा शेर्पाको टोली परिचालन गरिएकाे गुरागाईंले जानकारी दिए

बेपत्ता रूसी नागरिकको नाम भने उनले बताएनन्‌।

विश्वको १०औँ अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि विश्वभर प्रख्यात छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.