|

पर्सा : वीरगञ्जको नारायणी अस्पतालको स्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका नमुनामध्ये ६३ दशमलब ५४ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार त्यो दर ५० प्रतिशत थियो।

अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासका अनुसार त्यो प्रतिशत ९६ जनामा ६१ जना हो। शनिबार ९० जनाको परीक्षण गर्दा जम्मा ४५ जना संक्रमण पुष्टि भएको थियो।

प्रयोगशालामा पछिल्लोपटक गरिएको परीक्षणामा ६१ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये पर्साका ४९, बाराका ११ र सर्लाहीका १ जना रहेको डा. दासले जानकारी दिए। उनीहरु ५ वर्षदेखि ७२ वर्षसम्म छन्। संक्रमितमध्ये ५० पुरुष र ११ महिला छन्।

संक्रमित पुष्टि भएकाहरुको सिटी भ्यालु १४ देखि ३५ दशमलब ५ सम्म छ। २४ भन्दा कम सिटी भ्यालु फेला पर्नु भनेको बिरामीको अवस्था जटिल नजिक भएको डा. दासले बताए।

भर्ना हुने बढ्दै

नारायणी अस्पतालमा १९ जना संक्रमितको उपचार भइरहेको छ। तीमध्ये केहीको अवस्था गम्भीर रहेको डा. दासले बताए।

वीरगन्ज महानगरपालिका-६ का ६१ वर्षीय पुरुषलाई भने हेलिकेप्टर चार्टर गरी आइतबार साँझ नै थप उपचारका लागि काठमाडौं लगिएको छ।

संक्रमित नाकाबाटै फरार

वीरगञ्ज नाकाको हेल्थ डेस्कबाट एक कोरोना संक्रमित बेपत्ता भएका छन्। भारतबाट नेपाल आउँदै गरेका उनको हेल्थ डेक्समा परीक्षण गर्दा एन्टिजेन पोजेटिभ आएको थियो। 

तीन भारतीयसहित चारजनाको परिक्षण गरिएकोमा रोपोर्ट आउँदासम्म नेपाली संक्रमित भने बेपत्ता भएको हेल्प डेक्सका कर्मचारीले बताए। स्वास्थ्यकर्मी र सुरक्षाकर्मी रिपोर्ट निकाल्न केन्द्रित बेला उनी वेपत्ता भएको बताइएको छ।

फरार संक्रमितले पहिले दिएको फोन नम्बर स्वीच अफ भएकाले सुरक्षाकर्मी नै परिचालन गरी खोजी कार्य भइरहेको भन्सारमा रहेको हेल्थ डेक्सका हेल्थ असिस्टेन्ट सैनुलाह हवारीले बताए। संक्रमित युवकले वीरगन्ज नै घर बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.