|

काठमाडौं : चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको भेरोसेल खोप १ लाख १९ हजार जनाले लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार आइतबारसम्म   १ लाख १९ हजारले भेरोसेल खोप लगाएका हुन्। 

‘हिजोसम्म १ लाख १९ हजारले भेरोसेले लगाउनुभएको छ,' गौतमले भने‚ 'धेरै माग भएपछि हामीले आज पनि खोप कार्यक्रम सञ्चालन गरेका छौं। खासमा हामीले हिजोसम्मलाई समय निर्धारण गरेका थियौँ।'

सरकारले गत २५ चैतदेखि काठमाडौँ उपत्यकाका तीनसहित सात जिल्लामा चीन जाने तयारीमा रहेका र पहिलो चरणमा खोप लगाउन छुटेकालाई भेरोसेल लगाउन सुरू गरेको थियो। पछि चैत ३१ देखि सोही सात जिल्लाका २३ वटा खोप केन्द्रबाट ४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधारणलाई पनि खोप दिएको थियो।

नेपालमा भेरोसेल र कोभिसिल्ड समेत गरी अहिलेसम्म करिब १९ लाख ३८ हजारजनाले पहिलो डोज खोप लिएको डा. गौतमले बताए। स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले गत माघ १४ देखि फागुन १० सम्म पहिलो डोज कोभिसिल्ड खोप लिएकाहरूलाई भोलि देखि बैशाख ११ सम्म दोस्रो डोज खोप दिने कार्यक्रम छ।

आज लगाएर बाँकी रहने भेरोसेल खोपबारे बैशाख ११ पछि निर्णय हुने डा. गौतमले बताए। चीन सरकारको अनुदान सहयोगमा ८ लाख डोज भेरोसेल गत १६ चैतमा काठमाडौ| आइपुगेको थियो । दुई डोज लगाउनुपर्ने यो खोपको परिमाणले ४ लाख जनतालाई लगाउन पुग्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.