|

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ कानेपोखरी गाउँपालिका-७ घर भएका ३३ वर्षीय चूडामणि बस्नेत छन्।

उनलालाई आइतबार साँझ यति एयरको उडानद्वारा काठमाडौंबाट मोरङ जान लागेका बेला प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो।

आन्तरिक उडानतर्फको हेण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उक्त स्रोत नखुलेको नगदसहित फेला पारेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.