|

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारले राजनीतिक र नैतिक हैसियत गुमाएको आरोप लगाएका छन्।

नेपाल प्रेस युनियन काठमाडौं शाखाले नेपाल पत्रकार महासंघका नवनिर्वाचित कार्यसमितिहरूलाई बधाई तथा सम्मान दिन सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले ओली सरकारले राजनीतिक र नैतिक हैसियत गुमाउँदा संसदको सामना गर्न नसकेकाले हठातमा अधिवेशन अन्त्य गरेको दाबी गरे।

मंगलबार संसद बैठक तय भइसकेको अवस्थामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी छन्। नेता सिंहले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले राजनीतिक र नैतिक हैसियत गुमाएको र संसदलाई सामना गर्न नसकेको बताए। संसदलाई स्थगन गर्ने कुराबाट यो सरकार कति कमजोर छ भन्ने स्पष्ट भएको उनले दाबी गरे। 

राजनीतिक, संवैधानिक र नैतिक हिसाबले हैसियत गुमाइसकेको ओली सरकारलाई हटाई कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउनुपर्ने पनि नेता सिंहले बताए। चुनावबाट कांग्रेसलाई प्रतिपक्षमा बस्न म्याण्डेट प्राप्त भए पनि कम्युनिस्ट सरकारले हैसियत गुमाएको अवस्थामा कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार निर्माण गर्नुपर्ने बताए। उनले पारदर्शी चुनाव गराउनका लागि पनि कांग्रेस नेतृत्वको सरकार चाहिने जिकिर गरे। 

सरकारले कोरोना फैलिन सक्ने भन्दै नागरिक र अन्य राजनीतिक दलहरुलाई भेला हुन नदिने तर सरकार र सत्ताधारी दल आफैंले ठाउँठाउँमा सभा र भेला गर्दै हिँडेको पनि बताएर ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.